काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि पुस १३ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्र बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंक गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.५०७४ प्रतिशत लाभांश प्रसताव गरेको छ। जसमा ११.२५ प्रतिशतले हुन आउने बोनस सेयर र ४.२५७४ प्रतिशतले हुन आउने नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश बैंकको यही पुस २५ गते शनिबार पोखरास्थित होटेल पोखरा ग्रान्डमा भर्चुअल माध्यमबाट हुने १४ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।