काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (वैशाख ९ गते) अन्तिम मौका रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि (वैशाख १० गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमा यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरु कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको यही वैशाख २२ गते हुने ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।