काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १७ गते अन्तिम मौका रहेको छ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि असार १८ गतेदेखि सभा सम्पन्न नहुन्जेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार १७ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५.५ प्रतिशत बोनस सेयर र बाँकी ०.८२५ प्रतिशत नगद लाभांश रहेको छ।

कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा आउँदो असार ३१ गते आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेछ।