काठमाण्डौ । आज सोमबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार १०० रुपैयाँ कायम भएको हो। 

हिजो आइतबार सुनको भाउ तोलामै ८०० रुपैयाँ बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतितोला फाइन गोल्ड ९५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला चाँदी १ हजार २४५ रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार पनि चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला चाँदी १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।