काठमाण्डौ । नेपाली बजारमा सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउ स्थिर रहेको हो। 

आज प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार पनि फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार २०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।