काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। आज प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले ओरालो लागेको छ। योसँगै प्रतितोला चाँदी १ हजार १५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।