काठमाण्डौ । नेपाली बजारमा सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदी दुवैको भाउ स्थिर रहेको हो।

आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँ नै कायम भएको छ। 

हिजो तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। 

चाँदीको भाउ पनि आज स्थिर रहँदै तोलाको १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार २७० रुपैयाँमै कारोबार भएको थियो।