काठमाण्डौ । यो साताको सुरुआतदेखि स्थिर रहँदै आएको अमेरिकी डलरको भाउ आज बुधबार बढेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२०.३७ रुपैयाँ र बिक्रीदर १२०.९७ रुपैयाँ कायम भएको छ। डलरको भाउ बुधबार ३६ पैसाले बढेको हो। 

हिजो मंगलबार डलरको भाउ २ पैसाले घटेको थियो। यो दिन प्रतिडलर खरिददर १२०.०१ रुपैयाँ र बिक्रीदर १२०.६१ रुपैयाँ कायम भएको थियो। 

डलरको भाउ आइतबार र सोमबार भने स्थिर रहेको थियो। यी दुवै दिन प्रतिडलर खरिददर १२०.०३ रुपैयाँ र बिक्रीदर १२०.६३ रुपैयाँ कायम भएको थियो। 

गत साताको बुधबारको तुलनामा भने आज डलरको भाउ ७६ पैसाले बढेको छ। गत साता बुधबार प्रतिडलर खरिददर ११९.६० रुपैयाँ र बिक्रीदर १२०.२० रुपैयाँ कायम भएको थियो।