काठमाण्डौ । अमेरिकी डलर भाउ आज मंगलबार बढेको छ भने युरो र पाउन्ड स्टेर्लिङको घटेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको आज २२ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११६.९४ रुपैयाँ र बिक्रीदर ११७.५४ रुपैयाँ कायम भएको छ।

हिजो डलरको भाउ स्थिर रहेको थियो। हिजो प्रतिडलर खरिददर ११६.७२ रुपैयाँ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ २ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३८.०१ रुपैयाँ र बिक्रीदर १३८.७२ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ पनि २९ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३८.०३ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ ७ पैसाले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२३ रुपैयाँ र बिक्रीदर १५३.०१ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ १.२२ रुपैयाँले बढेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.३० रुपैयाँ र बिक्रीदर १५३.०९ रुपैयाँ कायम भएको छ।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–