काठमाण्डौ । अमेरिकी डलरको भाउ आज बिहीबार बढेको छ भने युरो र पाउन्ड स्टेर्लिङको घटेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहीबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ आज २७ पैसाले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११७.९१ रुपैयाँ र बिक्रीदर ११८.५१ रुपैयाँ कायम भएको छ। हिजो बुधबार प्रतिडलर खरिददर ११७.६४ रुपैयाँ र बिक्रीदर ११८.२४ रुपैयाँ रहेको थियो। 

यसैगरी युरोको भाउ आज ४४ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३८.५३ रुपैयाँ र बिक्रीदर १३९.२४ रुपैयाँ कायम भएको छ। हिजो प्रतियुरो खरिददर १३८.९७ रुपैयाँ र बिक्रीदर १३९.६८ रुपैयाँ रहेको थियो। 

पाउन्ड स्टेर्लिङको भाउ पनि आज १७ पैसाले घटेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.९७ रुपैयाँ र बिक्रीदर १५३.७५ रुपैयाँ कायम भएको छ। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५३.१४ रुपैयाँ र बिक्रीदर १५३.९२ रुपैयाँ रहेको थियो। 

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ–