काठमाण्डौ । आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि आइतबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ स्थिर रहेको हो। आज प्रतिडलर खरिददर ११८.२७ रुपैयाँ र बिक्रीदर ११८.८७ रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार डलरको भाउ ३६ पैसाले बढेको थियो। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११८.२७ रुपैयाँ र बिक्रीदर ११८.८७ रुपैयाँ कायम भएको थियो। 

आज युरोको भाउ ७२ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३८.०९ रुपैयाँ र बिक्रीदर १३८.७९ रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार युरोको भाउ २८ पैसाले उकालो लागेको थियो। यो दिन प्रतियुरो खरिददर १३८.८१ रुपैयाँ र बिक्रीदर १३९.५२ रुपैयाँ कायम भएको थियो। 

आज पाउन्ड स्टेर्लिङको भाउ पनि १.१० रुपैयाँले घटेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.७५ रुपैयाँ र बिक्रीदर १५३.५३ रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार पाउन्ड स्टेर्लिङको भाउ पनि ८८ पैसाले बढेको थियो। शुक्रबार प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५३.८५ रुपैयाँ र बिक्रीदर १५४.६३ रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ–