काठमाण्डौ । अमेरिकी डलरको भाउ आज बिहीबार घटेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहीबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११९.९४ रुपैयाँ र बिक्रीदर १२०.५४ रुपैयाँ कायम भएको छ। यो विनिमय दर प्रतिडलर ४३ पैसाले गिरावट आएको हो।
लगातारको स्थिरतापछि डलरको भाउ हिजो बुधबार बढेको थियो। यो दिन डलरको भाउ ३६ पैसाले बढेको थियो।
गत मंगलबार डलरको भाउ २ पैसाले घटेको थियो। यो दिन प्रतिडलर खरिददर १२०.०१ रुपैयाँ र बिक्रीदर १२०.६१ रुपैयाँ कायम भएको थियो।
डलरको भाउ आइतबार र सोमबार भने स्थिर रहेको थियो। यी दुवै दिन प्रतिडलर खरिददर १२०.०३ रुपैयाँ र बिक्रीदर १२०.६३ रुपैयाँ कायम भएको थियो।
35 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago