काठमाण्डौ । अमेरिकी डलरको भाउ आज मंगलबार बढेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर ११९.७३ रुपैयाँ र बिक्रीदर १२०.३३ रुपैयाँ रहेको छ। यो विनिमय दर हिजो सोमबारको तुलनामा ३३ पैसाले बढेको हो।

हिजो सोमबार डलरको भाउ स्थिर रहेको थियो। हिजो प्रतिडलर खरिददर ११९.४० रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ कायम भएको थियो। 

गत आइतबार पनि डलरको भाउ प्रतिडलर खरिददर ११९.४० रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ कायम भएको थियो।