काठमाण्डौ । आज बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। युरो र पाउन्ड स्टेर्लिङको भाउ भने घटेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार लागि तय गरेको विदेशी मुद्राहरुको विनियम दरअनुसार डलरको भाउ बढेको छ भने युरो र पाउन्ड स्टेर्लिङको भाउ घटेको हो। 

आज डलरको भाउ २६ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११६.५५ रुपैयाँ र बिक्रीदर ११७.१५ रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार डलरको भाउ १.१९ रुपैयाँले घटेको थियो। यो दिन प्रतिडलर खरिददर ११६.२९ रुपैयाँ र बिक्रीदर ११६.८९ रुपैयाँ कायम भएको थियो। 

उता युरोको भाउ भने आज पनि ९८ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३८.२१ रुपैयाँ र बिक्रीदर १३८.९३ रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि युरोको भाउमा ९७ पैसाको गिरावट आएको थियो। योसँगै हिजो प्रतियुरो खरिददर १३९.२३ रुपैयाँ र बिक्रीदर १३९.९५ रुपैयाँ कायम भएको थियो। 

पाउन्ड स्टेर्लिङको भाउमा आइरहेको गिरावट आज पनि निरन्तरता पायो। आज पाउन्ड स्टेर्लिङको भाउ ७२ पैसाले घटेको हो। यो गिरावटसँग आज प्रतिपाउन्ड खरिददर स्टेर्लिङ १५५.६८ रुपैयाँ र बिक्रीदर १५७.२० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि पाउन्ड स्टेर्लिङको भाउ १९ पैसाले घटेको थियो। यो दिन प्रतिपान्ड स्टेर्लिङ खरिददर १५६.४० रुपैयाँ र बिक्रीदर १५७.२० रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस् –