काठमाण्डौ । आज शुक्रबार डलरको भाउ घटेको छ भने युरो र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबार विदेशी मुद्राका लागि तय गरेको विनिमय दरअनुसार डलरको भाउ घटेको हो भने युरो र पाउन्ड स्टेर्लिङको भाउ बढेको हो। आज डलरको भाउ १२ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११७.२४ रुपैयाँ र बिक्रीदर ११७.८४ रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि डलरको भाउ १० पैसाले घटेको थियो। यो दिन प्रतिडलर खरिददर ११७.३६ रुपैयाँ र बिक्रीदर ११७.९६ रुपैयाँ कायम भएको छ।

आज युरोको भाउ ७५ पैसाले बढेको छ। यो बढोत्तरीसँगै प्रतियुरो खरिददर १३८.७८ रुपैयाँ र बिक्रीदर १३९.४९ रुपैयाँ पुगेको छ।

हिजो बिहीबार भने युरो भाउ ७३ पैसाले घटेको थियो। यो दिन प्रतियुरो खरिददर १३८.०३ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ कायम भएको छ।

निरन्तर गिरावट आइरहेको पाउन्ड स्टेर्लिङको भाउ भने आज शुक्रबार ४१ पैसाले बढेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२९ रुपैयाँ र बिक्रीदर १५३.०७ रुपैयाँ पुगेको छ।

हिजो भने पाउन्ड स्टेर्लिङको भाउ १.८५  रुपैयाँले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिपाउन्ड स्टेर्लि खरिददर १५१.८८ रुपैयाँ र १५२.६५ रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ –