काठमाण्डौ । आज शुक्रबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउमा पनि गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुका लागि तय गरेको विनिमय दरअनुसार यी तीनै मुद्राको भाउमा गिरावट आएको हो।

आज डलरको भाउ हिजोको तुलनामा ०.७९ पैसाले घटेको छ। यो गिरावटसँगै प्रतिडलर खरिददर ११७.८० रुपैयाँ र बिक्रीदर ११८.४० रुपैयाँमा झरेको छ। हिजो प्रतिडलर खरिददर ११८.५८ रुपैयाँ र बिक्रीदर ११९.१९ रुपैयाँ रहेको थियो।

यस्तै युरोको विनिमय दर पनि आज ०.९१ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३९.५२ र बिक्रीदर १३९.८८ रुपैयाँ कायम भएको छ। हिजो प्रतियुरो खरिददर १४.०८ रुपैयाँ र बिक्रीदर १४०.७९ रुपैयाँ रहेको थियो।

यसैगरी पाउन्ड स्टेर्लिङको भाउ आज ०.५१ पैसाले ओरालो लागेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५५.५२ रुपैयाँ र बिक्रीदर १५६.३१ रुपैयाँ रहेको छ। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५६.०३ रुपैयाँ र बिक्रीदर १५६.८२ रुपैयाँ रहेको थियो।

बाँकीको विनिमय दर तल –