काठमाण्डौ । आज बिहीबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको बढेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज डलरको भाउ २० पैसाले बढेको छ। योसँगै आज प्रतिडलर खरिददर ११७.४४ रुपैयाँ र बिक्रीदर ११८.०४ रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि डलरको भाउ १४ पैसाले बढेको थियो। हिजो प्रतिडलर खरिददर ११७.२४ रुपैयाँ र बिक्रीदर ११७.८४ रुपैयाँ कायम भएको थियो।

आज पनि युरोको भाउ ६२ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३९.१३ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ ८२ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३८.५१ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ १.१४ रुपैयाँले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५३.१५ रुपैयाँ र बिक्रीदर १५३.९४ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ भने २३ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.०१ रुपैयाँ र बिक्रीदर १५२.७९ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–