काठमाण्डौ। आज शुक्रबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ आज ३६ पैसाले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११८.२७ रुपैयाँ र बिक्रीदर ११८.८७ रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि डलरको भाउ २७ पैसाले बढेको थियो। हिजो प्रतिडलर खरिददर ११७.९१ रुपैयाँ र बिक्रीदर ११८.५१ रुपैयाँ कायम भएको थियो। 

आज युरोको पनि २८ पैसाले उकालो लागेको छ। योसँगै आज प्रतियुरो खरिददर १३८.८१ रुपैयाँ र बिक्रीदर १३९.५२ रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार युरोको भाउ ४४ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३८.५३ रुपैयाँ र बिक्रीदर १३९.२४ रुपैयाँ कायम भएको थियो। 

यसैगरी आज पाउन्ड स्टेर्लिङको भाउ पनि ८८ पैसाले बढेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५३.८५ रुपैयाँ र बिक्रीदर १५४.६३ रुपैयाँ कायम भएको छ। 

हिजो पाउन्ड स्टेर्लिङको भाउ १७ पैसाले घटेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.९७ रुपैयाँ र बिक्रीदर १५३.७५ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ–