काठमाण्डौ । आज मंगलबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ४२ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११८.७९ रुपैयाँ र बिक्रीदर ११९.३९ रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार डलरको भाउ स्थिर रहेको थियो। हिजो प्रतिडलर खरिददर ११८.२७ रुपैयाँ र बिक्रीदर ११८.८७ रुपैयाँ कायम भएको थियो। 

आज युरोको भाउ ५३ पैसाले बढेको छ। योसँगै आज प्रतियुरो खरिददर १३८.३० रुपैयाँ र बिक्रीदर १३८.९९ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ ३२ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतियुरो खरिददर १३७.७७ रुपैयाँ र बिक्रीदर १३८.४७ रुपैयाँ कायम भएको थियो। 

आज पाउन्ड स्टेर्लिङको भाउ ३ पैसाले बढेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५३.०८ रुपैयाँ र बिक्रीदर १५३.८५ रुपैयाँ कायम भएको छ। 

हिजो पाउन्ड स्टेर्लिङको भाउ ३० पैसाले बढेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५३.०५ रुपैयाँ र बिक्रीदर १५३.८२ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ–