काठमाण्डौ । आज आइतबार अमेरिकी डलरसँगै युरो र पाउन्उ स्टेर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तय गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ आज ५४ पैसाले घटेको हो। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११६.७२ रुपैयाँ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार डलरको भाउ ७१ पैसाले बढेको थियो। उक्त दिन प्रतिडलर खरिददर ११७.२६ रुपैयाँ र बिक्रीदर ११७.८६ रुपैयाँ कायम भएको थियो। 

आज युरोको भाउ पनि १६ पैसाले घटेको छ। योसँगै आज प्रतियुरो खरिददर १३८.३७ रुपैयाँ र बिक्रीदर १३९.०८ रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार युरोपको भाउ ३२ पैसाले बढेको थियो। योसँगै शुक्रबार प्रतियुरो खरिददर १३८.५३ रुपैयाँ र बिक्रीदर १३९.२४ रुपैयाँ कायम भएको थियो।

गत सातदेखि निरन्तर घटिरहमेको पाउन्ड स्टेर्लिङको विनिमय दर आज आइतबार पनि निरन्तरता पाएको छ। आज पाउन्ड स्टेर्लिङको भाउ ३८ पैसाले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ १५५.०२ रुपैयाँ र बिक्रीदर १५५.८१ रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार पनि २८ पैसाले घट्दै प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५५.४० रुपैयाँ र बिक्रीदर १५६.२० रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ –