काठमाण्डौ । आज बुधबार डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको बढेको छ। 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ २७ पैसाले बढको हो। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११७.५४ रुपैयाँ र बिक्रीदर ११८.१४ रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार डलरको भाउ ९ पैसाले घट्दै ११७.२७ रुपैयाँ र बिक्रीदर ११७.८७ रुपैयाँ कायम भएको थियो।

आज युरो भाउ ५० पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३९.६६ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ कायम भएको छ। 

हिजो युरोको भाउ १२ पैसाले बढेर प्रतियुरो खरिददर १३९.१६ रुपैयाँ र बिक्रीदर १३९.८७ रुपैयाँ कायम भएको थियो। 

यो दिन पाउन्ड स्टेर्लिङको भाउ ७१ पैसाले बढेको छ। योसँगै प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.४९ रुपैयाँ र बिक्रीदर १५२.२६ रुपैयाँ कायम भएको छ। 

हिजो पनि पाउन्ड स्टेर्लिङको भाउ ६१ पैसाले बढेर प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.७८ रुपैयाँ र बिक्रीदर १५१.५५ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–