काठमाण्डौ । आज अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ मंगलबार पनि बढेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज पनि डलरको भाउ २३ पैसाले बढेको छ। योसँगै प्रतिडलर खरिददर ११६.९७ रुपैयाँ र बिक्रीदर ११७.५७ रुपैयाँ कायम भएको छ।

हिजो डलरको भाउ स्थिर रहेको थियो। हिजो प्रतिडलर खरिददर ११६.७४ रुपैयाँ र बिक्रीदर ११७.३४ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ ६६ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३७.४३ रुपैयाँ र बिक्रीदर १३८.१४ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ २ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३६.७७ रुपैयाँ र बिक्रीदर १३७.४८ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ ३८ पैसाले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.३७ रुपैयाँ र बिक्रीदर १५२.१४ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ पनि १ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.९९ रुपैयाँ र बिक्रीदर १५१.७६ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–