काठमाण्डौ । अमेरिकी डलरसँगै आज बुधबार युरो र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ आज १४ पैसाले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११७.०८ रुपैयाँ र बिक्रीदर ११७.६८ रुपैयाँ कायम भएको छ।

डलरको भाउ हिजो मंगलबार पनि २२ पैसाले बढेको थियो। हिजो प्रतिडलर खरिददर ११६.९४ रुपैयाँ र बिक्रीदर ११७.५४ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ ५ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३८.०६ रुपैयाँ र बिक्रीदर १३८.७७ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ २ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३८.०१ रुपैयाँ र बिक्रीदर १३८.७२ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ ६४ पैसाले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.८७ रुपैयाँ र बिक्रीदर १५३.६५ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ ७ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२३ रुपैयाँ र बिक्रीदर १५३.०१ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–