काठमाण्डौ । अमेरिकी डलरसँगै आज युरो र पाउन्ड स्टेर्लिङको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज डलरको भाउ ७ पैसाले घटेको छ। योसँगै आज प्रतिडलर खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको छ।

डलरको भाउ गत शुक्रबार १३ पैसाले बढेको थियो। यो बढोत्तरीसँगै शुक्रबार प्रतिडलर खरिददर ११७.१२ रुपैयाँ र बिक्रीदर ११७.७२ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ ३ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३७.१२ रुपैयाँ र बिक्रीदर १३७.८२ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि युरोको भाउ १३ पैसाले घटेको थियो। शुक्रबार प्रतियुरो खरिददर १३७.१५ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ पनि ३४ रुपैयाँले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.५६ रुपैयाँ र बिक्रीदर १५२.३३ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पाउन्ड स्टेर्लिङको भाउ ३९ रुपैयाँले बढेको थियो। योसँगै शुक्रबार प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.९० रुपैयाँ र बिक्रीदर १५२.६८ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–