काठमाण्डौ । आज मंगलबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउमा गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार यी तीनै मुद्राको भाउमा गिरावट आएको हो। आजको विनिमय दरअनुसार डलरको भाउ हिजोको तुलनामा ८५ पैसाले घटेको छ। आज प्रतिडलर खरिददर ११८.६० रुपैयाँ र बिक्रीदर ११९.२० रुपैयाँ रहेको छ। हिजो प्रतिडलर खरिददर ११९.४५ रुपैयाँ र बिक्रीदर १२०.०५ रुपैयाँ रहेको थियो। 

यसैगरी युरोको भाउ पनि हिजोको तुलनामा आज ४८ पैसाले घटेको छ। हिजो प्रतियुरो खरिददर १४०.९२ रुपैयाँ बिक्रीदर १४१.६३ रुपैयाँ रहेकोमा आज घटेर खरिददर १४०.४४ रुपैयाँ र बिक्रीदर १४१.१५ रुपैयाँमा झरेको छ।

यस्तै हिजोको तुलनामा आज पाउन्ड स्टेर्लिङ पनि ५५ पैसाले घटेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५५.७१ रुपैयाँ र बिक्रीदर १५६.५० रुपैयाँ रहेको छ। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५६.३६ रुपैयाँ र बिक्रीदर १५७.१४ रुपैयाँ रहेको थियो।