काठमाण्डौ । अमेरिकी डलर भाउ आज सोमबार पनि स्थिर रहेको छ। आज युरो र पाउन्ड स्टेर्लिङको भाउमा भने सामान्य गिरावट आएको छ। 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज पनि डलरको भाउ स्थिर रहेको हो। योसँगै प्रतिडलर खरिददर ११६.७४ रुपैयाँ र बिक्रीदर ११७.३४ रुपैयाँ कायम भएको छ।

हिजो आइतबार पनि डलरको भाउ स्थिर रहेको थियो। योसँगै प्रतिडलर खरिददर ११६.७४ रुपैयाँ र बिक्रीदर ११७.३४ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ २ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३६.७७ रुपैयाँ र बिक्रीदर १३७.४८ रुपैयाँ कायम भएको छ।

हिजो पनि युरोको भाउ ३७ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३६.७९ रुपैयाँ र बिक्रीदर १३७.४९ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ पनि १ पैसाले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.९९ रुपैयाँ र बिक्रीदर १५१.७६ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ भने १ रुपैयाँले बढेको थियो। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१ रुपैयाँ र बिक्रीदर १५१.७८ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–