काठमाण्डौ । अमेरिकी डलर र पाउन्ड स्टेर्लिङको भाउ आज शुक्रबार बढेको छ भने युरोको घटेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ आज १३ पैसाले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११७.१२ रुपैयाँ र बिक्रीदर ११७.७२ रुपैयाँ कायम भएको छ।

हिजो डलरको भाउ ९ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिडलर खरिददर ११६.९९ रुपैयाँ र बिक्रीदर ११७.५९ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ १३ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३७.१५ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँ कायम भएको छ।

हिजो पनि युरोको भाउ ७८ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.९८ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ पनि ३९ रुपैयाँले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.९० रुपैयाँ र बिक्रीदर १५२.६८ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ १.३६ रुपैयाँले घटेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.५१ रुपैयाँ र बिक्रीदर १५२.२९ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–