काठमाण्डौ । सुनको भाउ ओरालो लाग्ने क्रमले आज बुधबार पनि निरन्तरता पाएको छ।

साताको चौथो कोरोबार दिन बुधबार सुनको भाउ तोलामै १ हजार रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ तेजाबी गोल्ड ९१ हजार रुपैयाँ सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको भाउमा हिजो मंगलबार पनि तोलामै १ हजार ८०० रुपैयाँको गिरावट आएको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ गत सोमबार स्थिर रहेको थियो भने आइतबार तोलामा ३०० रुपैयाँले बढेको थियो। आइतबार र सोमबार प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेर १ हजार १८० रुपैयाँमा झरेको थियो।