काठमाण्डौ । लगातार दोस्रो दिन बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार तोलामा १०० रुपैयाँ बढेको सुनको भाउ सोमबार पनि तोलामा ५०० रुपैयाँ बढेको थियो। मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले ओरालो लाग्दै १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामै ६० रुपैयाँ घटेर चाँदीको भाउ १ हजार ३२० रुपैयाँ कायम भएको थियो।