काठमाण्डौ । सुनको भाउ आज बिहीबार पुनः गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

गत मंगलबार भने सुनको भाउ तोलामै ३ हजार ४०० रुपैयाँको गिरावट आएको थियो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँमा झरेको थियो।

गत आइतबार र सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २२० रुपैयाँ नै कायम भएको छ। हिजो चाँदी भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।