काठमाण्डौ । इन्डियन आइडल २०२१ विजेता पवनदीप राजनलाई आज लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेलमा सुन्न सकिनेछ। पवनदीपले एलओडी ठमेलमा विशेष सांगीतिक प्रस्तुति दिनेछन्।

पवनदीपले हिजो याक एन्ड यतीमा भएको कार्यक्रममा जोडदार प्रस्तुति दिएका थिए। पवनदीपले लोकप्रिय चर्चित भारतीय गीत गाएका थिए भने उनले नेपाली गीतसमेत गाएर सम्पूर्ण अतिथि एव उपस्थितिलाई नचाएका थिए। 

कार्यक्रम व्यवस्थापन गरेको ३६५ इभेन्टस् एन्ड मिडियाका अनुसार आज एलओडी ठमेलमा हुने सांगीतिक प्रस्तुतिको सीमित टिकटमात्र रहेको र पवनदीपलाई सुन्न मनपराउनेहरुले आइएमईपे वालेटमार्फत टिकट खरिद गर्न सक्नेछन्। ३६५ इभेन्टस् एन्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (ह्यापी) का अनुसार टिकट लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेल साथै ३६५ इभेन्टस् एन्ड मिडियामा सम्पर्क गरेर खरिद गर्न सकिने बताए। 

आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ। गायक पवनदीपले आज विभिन्न धार्मिक स्थलको समेत अवलोकन गरेको आयोजकले जनाएको छ।