काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित सानिमा माई हाइड्रोपावर लिमिटेडले आज पुस २३ गते नवौँ वार्षिक साधारणसभा आयोजना गर्दैछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश रहेका छन्।

सभा र लाभांश प्रयोजनका लागि कम्पनीले गत पुस १३ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्र सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।