काठमाण्डौ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३०० रुपैयाँले घटेर सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुनको भाउ एकैपटक तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल ७६ हजार ३०० रुपैयाँ र तेजाबी ७६ हजार रुपैयाँ कायम भएको थियो । बिहीबारको भाउ माघ महिनाकै उच्च पनि हो ।

साताको कारोबारको चौथो दिन बुधबार सुनको भाउ प्रतितोला छापावाल ७५ हजार ६०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ रहेको थियो । यो दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले ओरालो लागेको थियो । 

त्यस्तै सोमबार र मंगलबार भने सुनको भाउ प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँमा कारोबार भयो । कारोबारको दोस्रो दिन सोमबार तोलामा एकैपटक ५०० रुपैयाँ बढेको सुनको भाउ मंगलबार भने स्थिर रह्यो । 

साताको कारोबार पहिलो दिन आइतबार भने प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ रहेको थियो । यो दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो । 

समग्रमा यो साता सुनको भाउ तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।