काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनका भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ कायम भएको छ।
गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। उक्त दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ। आज प्रतितोला चाँदीको भाउ १ हजार १८० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार चाँदीको भाउ स्थिर रहेको थियो। शुक्रबार चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago