काठमाण्डौ । सुनको भाउ आज सोमबार घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँ कायम भएका छ। 

हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ स्थिर रहेको छ। आज प्रतितोला चाँदी १ हजार १८० रुपैयाँ कायम भएको थियो। 

हिजो चाँदीको भाउ ५ रुपैयाँले बढेको थियो। हिजो प्रतितोला चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।