काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ गत शुक्रबारको तुलनामा आज स्थिर रहेको हो। आज प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।

गत साता शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढेर प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँमा उक्लिएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार २८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी स्थिर रहँदै १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।