काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज बिहीबार पुनः उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार २०० रुपैयाँ कायम भएको छ। 

लगातार तीन दिन बढेरको सुनको भाउ हिजो बुधबार तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो बुधबार तोलामा २० रुपैयाँ घटेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।