काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै आज प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ नै कायम भएको छ। 

हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। 

गत आइतबार तोलामा २०० रुपैयाँ सुनको भाउ सोमबार पनि २०० रुपैयाँले उकालो लागेको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।