काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै सोमबार प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८६५ रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो। 

गत साताको बुधबार सुनको भाउ नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। यो दिन तोलामा ६०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३६० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार रुपैयाँ कायम भएको छ। हिजो १० रुपैयाँ बढ्दै चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।