काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार सुनको भाउमा बढोत्तरी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ४०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँ कायम भएको थियो। 

गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। उक्त दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १० रुपैयाँ चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ। 

हिजो चाँदीको भाउ स्थिर रहँदै १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।