काठमाण्डौ । साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ आज सोमबार ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९५० रुपैयाँमा झरेको छ।

हिजो आइतबार सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ।

आज लगातार दोस्रो दिन पनि चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २०० रुपैयाँ नै कायम भएको थियो।