काठमाण्डौ । आज बुधबार सेयर बजार बन्द रहने भएको छ। 

सरकारले आज पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिइएकोले आज सेयर बजार पनि रहने भएको हो। 

सेयर बजार अब भोलि बिहीबार खुला हुनेछ। 

विगतमा राज पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पुस २७ गते देशभर सार्वजनिक बिदा दिने गरिन्थ्यो। २०६२–६३ को जनआन्दोलनपछि पृथ्वी जयन्तीमा बिदा दिन छाडिएको थियो।

सत्ता गठबन्धन दल राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो। न्यूनतम साझा कार्यक्रममा पनि पुस २७ मा सार्वजनिक बिदा दिने उल्लेख छ।