काठमाण्डौ । सेयर बजार आज बुधबार बन्द हुने भएको छ। 

आज २५६५ औँ बुद्धजयन्ती परेको छ। सरकारले सार्वजनिक बिदा दिएको छ। 

बुद्धजयन्तीका अवसरमा सार्वजनिक बिदा रहेको आज सेयर बजार बन्द रहने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। बजार अब बिहीबार खुल्नेछ। 

लगातार बढिरहेको बजारमा हिजो मंगलबार सामान्य करेक्सन आएको थियो। हिजो बजार ६.५० अंकले घटेर २८१६.५६ को विन्दुमा झरेको छ। 

हिजो ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो।