काठमाण्डौ । सरकारले भारत र बंगलादेशमा आठ महिनादेखि बन्द रहेको उडान पुनः नियमित गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को हिजो बुधबार बसेको बैठकले ती दुवै मुलुकमा पुनः नियमित उडान सुरु गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नियमित उडान सुरु गर्न दुवै मुलुकसँग कूटनीतिक पहल अगाडि बढाउने तयारीमा जुटेको छ। त्यहाँस्थित कूटनीतिक नियोगबाट पहल हुने र दुवै देशले अनुमति दिएमा छिटै उडान नियमित हुने मन्त्रालय स्रोत बताउँछ।
लकडाउनयता नेपाल–बंगलादेशबीच चार्टर उडान नै धेरै भएका थिए। लकडाउनअघि नेपालको हिमालय एयरलाइन्स र बंगलादेशको विमान बंगलादेशले द्विपक्षीय नियमित उडान गर्दै आएका थिए।
लकडाउनका बेला नेपाल–भारतबीच चार्टर उडान पनि भएको थिएन। लकडाउनअघि भने नेपाल–भारत चार गन्तव्यमा दुई नेपाली वायुसेवा कम्पनी र तीन भारतीय वायुसेवा कम्पनीले उडान गर्दै आएका थिए।
हाल दैनिक १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हवाई सेवा प्रदान गर्दै आएका छन्।
16 minutes ago
57 minutes ago
11 hours ago
11 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago