काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।
प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो।
राष्ट्र बैंकले बुधबार (जेठ ३ गते) पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको थियो। यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो।
गत चैत १३ गते दुवै लघुवित्तबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता भएको थियो।
प्राप्तिपश्चात डिप्रोक्स लघुवित्तको केन्द्रीय कार्यालय चितवनको भरतपुर–१० मै रहनेछ।
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago