काठमाण्डौ । नेपाल विज्ञान संघ (आन) ले आइतबार एड–डे लोगो सार्वजनिक गरेको छ। 

आज जेठ ३० गतेदेखि असार ७ गतेसम्म ‘नेपाली विज्ञापन सप्ताह’ का अवसरमा आनले एड–डे लोगो सार्वजनिक गरेको हो। 

यसैगरी आनले आफ्नो ३१ औँ वार्षिकोत्सवका अवसरमा सचिवालय परिसर शान्तिनगरमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा आनका वर्तमान पदाधिकारी तथा सदस्य र मिडियाका प्रतिनिधि एवं विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारको पनि सहभागिता थियो। 

कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको आनले जनाएको छ। 

एड–डेको प्रायोजन बिजमान्डु र अम्बे स्टिलले गरेका छन् ।