काठमाण्डौ । सरकारले आन्तरिक उडान भर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ।

आज दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आन्तरिक उडान भर्ने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो । आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन यस्तो निर्देशन सरकारले दिएको हो।

प्राविधिक परीक्षण भए–नभएको अनुगमन गर्न नागरिक उड्डयन प्राधिकरणलाई सरकारले निर्देशन दिएको छ। 

सोही बैकठले पूर्वसचिव नागेन्द्र घिमिरेको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ। 

यती एयरलाइन्सको विमान आइतबार बिहान पोखराको सेती खोँचमा खसेर दुर्घटनाग्रसत भएको थियो। विमानमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए।