काठमाण्डौ । आपसमा मर्जरपछि समता र घरेलु लघुवित्तको एकीकृत कारोबार आज बिहीबारबाट सुरु भएको छ।

समता रघेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आजबाट एकीकृत कारोबार सुरु भएको हो। एकीकृत कारोबारको शुभारम्भ एक औचापरिक कार्यक्रमबीच धुलिखेलस्थित मिराबल होटेल एन्ड रिर्सोटमा सम्पन्न भएको छ।

दुवै संस्था आपसमा गाभिएपछि चुक्तापुँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ, कर्जा लगानी २ अखर्ब ५८ करोड ४५ लाख ४८ हजार ११४ रुपैयाँ र निक्षेप ९१ करोड ८२ लाख १८ हजार ५२७ रुपैयाँ भएको छ। कुल सञ्चालन मुनाफा भने १० करोड ७१ लाख ६० हजार ५६९ रुपैयाँ पुगेको छ। 

आपसमा गाभिएपछि कुल शाखा ३७ पुगेको छ। 

समता घरेलु लघुवित्तको रजिस्टर्ड कार्यालय भने काभ्रेको बनेपामा रहेको छ।