शन्चन । ओपोले रियल टाइमद्वारा सञ्चालित आफ्नो नवनिर्मित एआर एप्लिकेसन साइबरियल स्थानिक कम्प्युटिङ प्रविधि सार्वजनिक गरेको छ। आफ्नै इन हाउस एआई इन्जिनको प्रयोगमार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाइ प्रदान गरेको छ। 

ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिनेसम्म समग्र प्रक्रियामा विश्वसनीयताका साथै सहजता पनि प्रदान गर्छ। ओपोले आफ्ना फ्ल्यागसिप स्टोर्समार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको छ।

डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि ब्यवसायिक उपकरण तथा विशिष्ट ज्ञानको आवश्यकता पर्छ। तर, ओपोको साइबरियल प्रविधिले यो प्रक्रियामा बृहत सहजता भित्र्याएको छ। 

पहिलोपटक ओपो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षण बिनै स्मार्टफोनमार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रतिकृतिको निर्माण गर्नसक्षम भएका छन्। 

स्मार्टफोनका माध्यमबाट स्क्यानिङ तथा डाटा संकलन गर्दै ओपो स्टाफ्स

निरन्तर–विकासित एआई इन्जिनद्वारा सञ्चालित यो एप्लिकेसनले बृहत फ्ल्यागसिप स्टोर्सका थ्रीडी नमुनामात्र केही घन्टामै तयार गर्ने क्षमता राख्छ। यो एआई प्ल्याटफर्मले एक घन्टामा स्क्यान गरिएका १२ हजार तस्बिर प्रोसेस गर्ने क्षमता राख्छ। यो पछिल्लो संस्करणसँग तुलना गर्दा ४ गुणा तीव्र गति हो। यसरी स्क्यान गरिएका इन्टेरियर्समार्फत एप्लिकेसनले सहज रुपमा सटिक तथा तत्सम् थ्रीडी रिकन्स्ट्रक्सन गर्ने क्षमता राख्छ। 

ओपोको एआर एडिटिङ टुलमार्फत स्टाफले आफ्नो आवश्यताअनुसार एअर विषयवस्तु एडिट गर्दै अझ रोमाञ्चक एआर वातावरणको निर्माण गर्न सक्छन्।

साइबरियलले तीव्रगतिमा तत्सम थ्रीडी रिकन्स्ट्रक्सन गर्न सघाउँछ

ओपोको स्वामित्वमा रहेको आरएलओसीएस (रिट्रिभल एन्ड लोकलाइजेसन विथ अब्जर्भेसन कन्स्ट्रेन्ट्स) भिज्युअल पोजिसनिङ अल्गोरिथमले भित्री स्थितिको सटिकतालाई सेन्टिमिटर्स लेभलमा झार्न सघाएको छ। यो अल्गोरिथमको विकास डिपार्टमेन्ट अफ इन्टेलिजेन्ट पर्सेप्सन एन्ड इन्ट््याक्सनको एक समूहले गरेको हो। यसको शैक्षिक प्रयोग पनि व्यापक रुपमा गरिन थालिएको छ। 

सन् २०२० को युरोपियन कन्फरेन्स अन कम्प्युटर भिजन (ईसीसीभी) र कम्प्युटर भिजन एन्ड प्याटर्न रिकग्निसन कन्फरेन्स (सीभीपीआर २०२०)मा उक्त समूहले लंग(टर्म लोकलाइजेसन श्रेणीमा दोस्रो स्थानको दुई अवार्ड हात पारेको थियो।

प्रयोगकर्तालाई वास्तविक इमर्सिभ एआर अनुभव प्रदान गर्न ओपोले ६डीओएफ एस्टिमेसनको प्रयोग गरेको छ। यसले गर्दा प्रयोगकर्तालाई कुनै पनि एंगल वा पोजिसनको भ्यू(दृष्टि) प्राप्त हुन्छ। प्रयोगकर्ताले लक्षित वस्तुको चारैतिर गोलाकारमा घुम्न सक्छन्, बर्ड्स आई भ्यूका लागि निहुरिन तथा तलबाट माथिको दृश्यका लागि थचक्क बस्न पनि सक्छन्। 

आकाशबाट झर्दै गरेको ४ मिटर अग्लो फाइन्ड एक्सथ्री प्रो

समग्रमा भन्नुपर्दा परिष्कृत ओपो साइबरियलले एआर सेवा र प्रयोगका अवस्थामा तैनाथीमा तीव्रता ल्याउन सघाएको छ। यसले एआर सामग्री विकासमा सहजता प्रदान गर्नुका साथै प्रयोगकर्तामैत्री वातावरण उपलब्ध गराउँदै एआर अनुभवलाई अझ रोमाञ्चक र दैनिकीको अंश बनाउन सघाएको छ।