काठमाण्डौ । कोरोना संक्रमणका कारण व्यापार व्यवसाय चौपट भएपछि राहातको घोषणा गर्दै सरकारले आयकर र मूल्य अभिवृद्धि कर(भ्याट) तिर्ने अवधि बढाइदिएको छ । 

विशेष राहात प्याकेज घोषणा गरेको सरकारले फागुन महिनामा तिर्नुपर्ने कर अब बैशाख २५ गतेसम्म तिर्न सकिनेछ । 

राहात घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक राजश्वतर्फ पनि कोरोनाले व्यवसायमा व्यवधान आएको उल्लेख गर्दै कर तिर्नुपर्न समयलाई पर सारिएको प्रष्ट्याए ।  

मूअकबमोजिम फागुन महिनामा मासिक, द्वैमासिक, दोश्रो चौमासिक अवधिको कर विवरण तथा कर दाखिला गर्ने समय एकमहिनापछि धकेलेर बैशाख २५ गतेसम्म सारिकएको बताए । 

आयकर ऐन बमोजिम २०७६ फागुनसम्मको अग्रिम कर कट्टी, असूलीको समय पनि २०७७ बैशाख २५ गतेसम्म सारिएको उनले जानकारी दिए । 
चैतमा बुझाउनुपर्ने दोश्रो किस्ताको दाखिला गर्ने समय पनि बढाएर २०७७ बैशाख मसान्त कायम गरिएको छ । 

सरकारले कुनै व्यक्तिले चालु आबमा सरकारबाट स्थापित कोरोना राहात कोषमा योगदान गरेको भए, योगदान बराबरको रकमलाई सो वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने सुविधा समेत दिइने बताइएको छ । 

व्यवसायीहरुले अग्रिम रुपमा तिर्नुपर्ने रकम ढिलो गरी तिर्दा कुनै हर्जना समेत तिर्नुपर्ने छैन । 

यसैगरी, सरकार, निजी वा सामुदायिक क्षेत्रले स्वास्थ्यसँग सम्बन्धित सामाग्री आयात गर्दा भन्सार माफीको निर्णय समेत गरिएको छ ।